दफा ४२
इजाजतपत्र हराएमा अर्को इजाजत पत्र लिन सकिने
(१) कुनै पथ प्रदर्शकले प्राप्त गरेको इजाजतपत्र हराएमा तोकिएको म्यादभित्र तोकिएको अधिकारी समक्ष अर्को इजाजतपत्रको लागि दरखास्त दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको अधिकारीले तोकिएको दस्तुर लिई तोकिएबमोजिम पुन अर्को इजाजतपत्र दिन सक्नेछ ।